अविवाहित र अपाङ्गलाई नागरिकता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
इलाका प्रशासन कार्यालय महाभारत गाउँपालिकामै शुरु गरिएको ७ महिना वितिसकेको छ ।

डाँडापारीका १० गाविसलाई समेटेर घर्तिछापमा शुरु गर्न लागिएको ईलाका प्रशासन कार्यालय सदरमुकाममै केन्द्रित भएको केहि वर्ष पछि महाभारत गाउँपालिकाले आफ्नै पालिकामा पु¥यायो । जसले नागरिकलाई नागरिकताका लागि सहज बनायो ।

२०७५ जेष्ठ ९ गते शुरु भएको नागरिकता वितरण कार्यको ७ महिनामा २ सय १९ जनाले इलाका प्रशासन कार्यालयबाट नागरिकता लिए भने दुई दिन आयोजना गरिएको शिविरमा २ सय ३५ जनाले नागरिकता लिए । महाभारत गाउँपालिकामै इलाका प्रशासन कार्यालय राखेर नागरिकता वितरण गर्दा पनि नागरिकहरुले टाढा महसुस गरिरहेका छन् ।

सरकारले नागरिकहरुकै सहजताका लागि आयोजना गरेको घुम्ती टोलीबाट नागरिकता लिनेहरुले सदरमुकाम र इलाका प्रशासन जान कठिन भएकै कारण नागरिकता लिन नसकेको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नागरिकहरुको घर दैलोमा सेवा दिँदा नागरिकहरुको खुशी भएको बताए । ‘शिविरमा आउनै चार घण्टा लाग्यो’–गोकुल २ की जन्त्रीमाया मोेक्तानले भनिन–‘२००४ सालमा जन्मिएर पनि नागरिकता प्राप्त गर्न कठिन थियो ।’ ‘चार घण्टा हिडेर एक रात बास बसेरै भए पनि नागरिकता उपलब्ध भयो खुशी छु’–जन्त्रीमायाले भनिन् ।

जन्त्रीमाया जस्ता दर्जनौ ब्यक्तिहरुले नागरिकताका लागि बर्षाै देखि संर्घष गर्दै आएका थिए । अपाङ्गता भएर पनि नागरिकता लिन असहज भएको जन्त्रिमायालाई जनप्रतिनिधि र जिल्ला प्रशासनको टोलीले सहजता बनायो । अविवाहित, अपाङ्ग जन्त्रीमायाको आफन्त कोहि छैन । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गर्न सकेकी थिईनन् । उनकै भाञ्जाले मानबहादुर मोक्तानले नागरिकता शिविरमा बोकेर ल्याएका जन्त्रीमायाले दुई दिन लगाएर नागरिकता प्राप्त गरिन् ।

जन्मदर्ता समेत नभएकी गोकुले १ की चरिमाया पहरीले समेत शिविरबाट नागरिकता प्राप्त गरिन् । २००५ सालमा जन्मिएकी उनले नागरिकता प्राप्त गर्न धेरै पटक प्रयास गरे पनि सम्भव भएको थिएन । सन्तान भएर पनि नागरिकता नहुँदा उनले सिमान्तकृत समुदायका लागि प्राप्त हुने रकम प्राप्त गर्न सकेकी थिईन् । चरिमाया, जन्त्री माया जस्ता थुप्रै ब्यक्तिहरुले नागरिकता प्राप्त गरेका थिए ।

पहिलो पटक महाभारत गाउँपालिकाको वडा नम्वर १ गोकुलेमा जिल्ला प्रशासन कार्यालय काभ्रे र महाभारत गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती सेवामा नागरिकता लिन घण्टौ हिडेर आएकाहरु दंग परेका थिए । जनप्रतिनिधिहरु समेत साथमै भएकाले घरदैलोमा सेवा लिन आएकाहरु अफ्ठयारो र असहज परिस्थितीका कारण कोहि फर्कनु नपरेको वडा अध्यक्ष कान्छामान जिम्बाले बताए ।