रोनाल्डोको मेसीलाई चुनौती



लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले ला लिगामा प्रतिस्पर्धी रहेका लियोनेल मेसीलाई केही नयाँ गर्न चुनौती पेश गरेका छन् ।

रियल मेड्रिड छाडेपछि बार्सिलोनाका मेसीसँग एउटै लिगमा भइरहने प्रतिस्पर्धी समाप्त गरेका रोनाल्डो हाल इटालियन सिरी ए मा खेलिरहेका छन् । युभेन्टसमा मोटो रकममा आबद्ध भएका रोनाल्डोले मेसीलाई ला लिगा भन्दा बाहिर लिगमा खेल्न चुनौती दिएका हुन् । युभेन्टसमा उनको १ सय ५० दिन पुरा भएको अवसरमा सोमबार उनले मिडियासँग कुरा गरेका थिए ।
उनले बताए—म चाहन्छु कि उनी म जस्तै इटालीमा आउनु । मलाई लाग्छ उनले म जस्तै चुनौती स्विकार गर्नेछन् । तर उनी त्यहाँ (बार्सिलोना) खुशी छ भने म उनको सम्मान गर्छु ।

पछिल्लो एक दशकदेखि यी दुई खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा उनीहरुले बेलोन डी ओर (वर्षाको सर्वश्रेष्ठ खेलाडी) को अवार्ड ५÷५ पटक जितेका थिए । यस पालि मात्रै लुका मोड्रिचले उनीहरुको वर्चश्व तोडे ।
रोनाल्डोले बताए—मैले इंग्ल्यान्ड, स्पेन, इटाली, पोर्चुगल र आफनो राष्ट्रिय टोलीका लागि खेले । जबकी उनी अहिले पनि स्पेनमै छन्। शायद उनलाई मेरो आवश्यकता धेरै छ होला । मेरो लागि जिवन एक चुनौती हो । मलाई यो मन पर्छ र मलाई अरुलाई खुशी राख्न मन लाग्छ । मेसी सानदार खेलाडी र असल मान्छे हुन् तर यहाँ उनको कमी महसुस भएको छैन । यो मेरो नया जिवन हो र म खुशी छु ।

प्रतिक्रिया दिनुहोस्