कालिकोटका स्थानीय तहमा नागरिक समाज



कालीवहादुर मल्ल, कालिकोट ।
जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका स्तरिय नागरिक समाज शुक्रबार मान्ममा गठन भएको छ । नगरपालिका कार्यवाहक प्रमुख एवम प्रवक्ता पुष्पराज गिरीको अध्यक्षतमा अयोजित कार्यक्रमवाट दानवहादुर विकको संयोजकत्वमा नागरिक समाज गठन भएको छ ।

नगर प्रमुको कार्यकक्षमा आयोजित खाँडाचक्र नगरपालिका स्तरिय नागरिक समाज गठन तथा अभिमूखिकरण कार्यक्रमवाट महिला अधिकारकर्मी अविसरा अधिकारी सह–संयोजक रहेको १५ सदस्यीय समिति सर्वसहमतिले चयन गरेको छ ।

कार्यक्रममा नगरपालिकाका कार्यवाहक प्रमुख गिरीले गठित नगरिक समाजले स्थानीय सरकालाई सचेत गराउनुका साथै विकास निमार्णमा पारदर्शी ढंगले अगाडी वड्न सहयोग गर्ने विश्वास व्याक्त गरे । सथै उनले स्थानीय सरकाले गरेका कामको लेखाजोखा,मानवअधिकार,बालअधिकारको वकालत गर्नुका साथै नगरपालिकालाई रचनात्मक सुझव दिने आशा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्