विराटनगरको एकीकृत भन्सार जाँच चौकी आंशिक रुपमा सञ्चालन



सरोज यादव, विराटनगर ।
विराटनगरको बुधनगरमा निर्माणाधिन एकिकृत भंसार जाँच चौकी आंशिक रुपमा संचालनमा आएको छ । जांच चौकी सञ्चालनमा आएपछि विराटनगर भन्सार क्षेत्रमा हुने जाम समस्या केहि हदसम्म कम हुने देखिएको छ । विराटनगर १८ स्थित एकिकृत भंसार जाँच चौकी परिसरमा बुधबार सांझ आयोजित कार्यक्रमका बीच मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आइसीपी हुंदै भारततर्फ जाने गाडीलाई फ्लैगअप गरेका थिए ।

उनले फ्लैगअप गरे लगत्तै भारतबाट मालसामान ल्याएर नेपालमा अन्लोड गरेपछि भारततर्फ फर्किने प्रतिक्षामा रहेका मालबाहक ट्रकहरु भारततर्फ प्रस्थान गरेका थिए । भारत सरकारको विदेश मंत्रालयले भारत तर्फको एकिकृत भंसार जाँच चौकी भएर खाली गाडीहरु जान दिन अनुमति दिएपछि बुधबार सांझबाट आंशिक रुपमा संचालनमा आएको हो । बुधवार देखि नेपालबाट भारत तर्फ खाली ट्रक, ट्यांकर र लरीहरु भारत जान थालेको हो ।

विराटनगर भंसार नाका भएर दैनिक ३ सय मालवाहक गाडीहरु नेपाल भित्रिने गरेका छन् भने करिब २ सय ५० वटा खाली गाडीहरु भारत तर्फ जाने गरेका छन् । बेलुका ७ बजे देखि बिहान ७ बजे सम्म १२ घण्टाका लागि एकिकृत जाँच चौकी एकतर्फी भएपनि खोलिएपछि जोगबनी नाकामा हुने गाडी जामको समस्या हट्ने विराटनगर भंसार कार्यालयका भंसार अधिकृत मणिराम पौडेल र जोगबनी कस्टमका आयुक्त एस.के.सिन्हाले बताए ।

संयुक्त जाँच चौकी निर्माणकालागि नेपाल र भारत सरकारको सन् २००५ मै सम्झौता भएको थियो । नेपाल भारत दुबैतर्फ भारतले सन् २०१४ सम्ममा आइसिपी संचालनमा ल्याउने सम्झौता भएको थियो । नेपालतर्फ आवश्यक भौतिक संरचना निर्माणको कार्य अपुरै रहदा भारतले जोगबनीमा निर्माण गरेको जाँच चौकी सन् २०१७ देखी नै औपचारिक रुपमा संचालनमा आइसकेको छ ।

भारतीय पक्षले नेपाल तर्पmको आइसीपि निर्माणका लागि ठेकेदार नियुक्तिमा ढिलाइ गर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको हो । हालसम्म नेपालतर्फ ६२ प्रतिसत काम सक्किएको आइसिपी विराटनगरका प्रोजेक्ट म्यानेज अवधेशकुमार साहले जानकारी दिए । भारत सरकारको सहयोगमा निर्माण भईरहेको एकिकृत भंसार जाँच चौकी फेबु्रअरी २०१९ मा निर्माण सम्पन्न हुने भारतिय ठेकेदारले बताएका छन् ।

८ सय ५० मीटर लम्वाई र ५ सय मीटर चौडाईको जाँच चौकी पुर्ण रुपमा संचालनमा आएपछि मालवाहक सवारी र रेल चेकपोष्ट भित्रैबाट आवतजावत गर्न सक्नेछन । जाँच चौकी भित्रै गोदाम, चेकपोष्ट, रेलवे स्टेशन, मालवाहक सवारी पार्किङ देखी पशु र प्लान्ट क्वारेन्टाईन कार्यालय, बैक, होटल, प्रयोगशाला आदि सबै सुविधा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्