बिदेशी पाहुनासहित गाउँ पसेका राजदुतलाई भव्य स्वागत



सलिम अन्सारी,प्युठान । फिनल्याण्ड राजदुत पेर्ती एन्टिनेन सहितको बिदेशी पाहुना टोलीलाई दक्षिणी प्युठानको मगर बस्तीमा भव्य स्वागत गरिएको छ ।

बुधवार साझ गाउ आएका उनिहरुलाई जनप्रतिनिधी, स्थानिय र डिङ्लाङ खोला खानेपानी उपोभोक्ता समितीले गाउमै फुलेको मखमली र सयपत्री फुलको माला पहिर्याईदिएर स्वागत गरेका हुन। पुर्ण सरसफाई वडा घोषणा कार्यक्रममा सहभागी हुन आएका राजदुत सहितको टोली बड्डाडाडा स्थित मगर गाउँ पुगेको थियो।

“गाउंमा बिदेशी पाहुनाहरुलाई स्वागत सत्कार गर्न पाईयो। “वडाअध्यक्ष चिन्त बहादुर सोमैले भने,“ साह्रै खुसी लागेको छ।“फिनल्याण्ड सरकारको सहयोगमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्युठानले निर्माण गरेको डिङ्लाङ्खोला खानेपानी योजनाको राजदुतले उद्धघाटन गरेको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले बताए।

उनका अनुसार राजदुत एन्टेन्न र सहायक राजदुत ज्यारी लौका सहित पश्चिम नेपाल परियोजनाका नेपाल प्रमुख सान्ना लिना राउत एन एन राजदुतका विशेष सल्लाहकार डा चुडामणी जोशी सम्मिलित बिदेशी पाहुना टोलि शुक्रवार मात्र काठमाण्डौ फर्कने छ।

यसरी रमाए राजदुत

पहिलोपटक नेपालमा आएका राजदुत पेर्ती एन्टिनेन मगर समुदायको संस्कृति र परिकारमा रमाएका छन् । लोकसंस्कृतीको पनि उनले रसास्वादन गरे।

मगर समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै उनी स्थानिय योगेश सारु मगरको घरमा २ दिन सम्म बसे । उनले यहाको कृषि,पर्यटन,महिलाको अवस्था र मौलिक संस्कृतीका बारे गाउवासीसंग जिज्ञासा राख्न भ्याए। उनले सारुका घरमा बनाइएको स्थानीय कुखुराको मासु, भाङ्गोको पिरो अचारसहितको परिकार खाएका थिए । त्यो साँझको समय झ्याउरेमा २ जना नाचिरहेका थिए। गोरखा मनकामना, फुल बामरी लगायतका लोक गित गाईदै थियो।

कुर्सीमा आशीन राजदुतलाई स्थानियले हात छोपेर उठाएरै छाडे । उनी पनि किन कमि हुन्थे र त्यही गितमा कुम हल्लाए ।त्यहाँ मगर परम्परानुसार देखाइएको मौलिक झ्याउरे नाचमा राजदुत नाचेका थिए । नाचेपछी पनि उनले मुसुक्क हाँस्दै थपडी बजाइरहे। उनले स्वागतबाट प्रभावित भएको प्रतिक्रिया दिदै भने यो मेरो पहिलो अनुभव हो।

म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ । मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु । उनले भने न्यानो आतिथ्यताका लागि धन्यवाद ।’ नेपाल समाचारपत्रसंग कुराकानी गर्दै राजदुत पेर्तीले नेपाल र फिनल्याण्ड सम्बन्ध सन १९९२ देखि सुरु भएको बताउदै भने पश्चिम नेपाल परियोजनाले दुई देश बिचको सम्वन्धलाई थप सुद्धद बनाएको छ । फिनल्याण्ड सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा सघाईरहेको उनले बताए।

पुर्ण सरसफाइ वडा

सरुमारानी गाउँपालिकाको वार्ड नं ४ पूर्ण सरसफाइ वडा घोषणा भएको छ । बिहिवार एक समारोहका बीच सरूमारानी गाउँपालिकाका वडा अध्यक्ष झगबहादुर विश्वकर्माले घोषणा गरेका हुन् ।  यस अघि जिल्लाको साविकका २६ वडा पुर्णसरसफाइ वडा घोषणा गरिसकिएको छ।

प्युठानबाट पश्चिम नेपाल परियोजनाको अवधी सकिदै छ नि भन्ने जिज्ञासामा राजदुतले भने हामी छिट्टै नया कार्यक्रम लिएर आउने छौ,थप्दै भने म प्रतिबद्धता जाहेर गर्दिन समुदायमा आधारित कार्यक्रम ल्याउछौ ।त्यस्को तयारीका लागि छलफल भईरहेको छ। तोकिएका मापदण्डहरु पुरा भएपछि वार्डलाई घोषणा गरिएको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले जनाए।

६ सय ५१ घरधुरी रहेको सो वार्डलाई घोषणा कार्यक्रममा वडाबासीको उल्लासमय उपस्थिति रहेको थियो।

सन २०१३ देखि पश्चिम नेपाल परियोजनाले जिल्लामा खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। २०१६ मा प्युठानलाई मध्यपश्चिममै पहिलो दिशामुक्त जिल्ला घोषणा गरिएपछी सरसफाईको अभियानमा अघि बढेको हो।

प्रतिक्रिया दिनुहोस्