बेपत्ता भएका पत्रकार तेजु खड्काको पुनः खोजी कार्य सुरु



विमल बिष्ट, डोटी ।
बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेला भरेर फर्किने क्रममा एका एक सम्पकविहिन भएका डोटीका पत्रकार तेजबहादुर खड्का ‘तेजु’को पुःन आज बुधबार बाट खोजी कार्य सुरु गरिएको छ ।

बाजुरा जिल्लाको प्रमुख धार्मिक स्थल बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा गएको भदौ १० गते बाट पत्रकार खड्का बेपत्ता भएका थिए । नेपाल पत्रकार महासंघको आग्रहमा स्थानीय प्रशासनले खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ ।

सुदूरपश्चिम पृतना दिपायल राजपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरले हवाई मार्गबाट बेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उहाँ बेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ । ‘सेनाको हेलिकप्टरले बुधबार बिहान खड्काकी श्रीमती र आफन्त पर्ने अर्की महिलासँगै घटनास्थल ठानिएको क्षेत्र नजिकैको बस्ती कुरुका १८ जना स्थानीयलाई लगेर छाडेको छ ।

यस अघि पनि स्थानिय प्रशासनले गत भदौमा सम्पर्कविहिन भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको भएपनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन ।

पत्रकार खड्का बेपत्ता भएको धार्मिक स्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४२ सय मिटरको उचाईमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाई क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउबाट सम्पर्कबिहिन भएको बताइएको छ ।

रेडियो नेपालको दिपायल प्रदेश प्रशारण केन्द्र दिपायल,हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए ।

बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्