बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन सुरु, १ हजार भिक्षु भिक्षुणी सहभागि



यमलाल भुसाल, बुटवल ।
शान्तिका अग्रदुत भगवान बुद्धजन्मस्थल लुम्बिनीमा बुधवारदेखि बौद्ध ग्रन्थ त्रिपिटक वाचन सुरु भएको छ । लुम्विनी स्थित मायादेबि मन्दिर परिषरमा सुरु भएको त्रिपिटक वाचनमा बिभिन्न १८ देशका करिव एक हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागि भएका छन ।

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुराउने उद्देश्यले पहिलो पटक नेपालमा ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन आयोजना गरीएको हो ।

त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गरीएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताउनु भयो ।

अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक वाचन हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ३ दिन चल्ने छ ।

वाचन सुरु हुनु अघि लुम्विनीको बिश्व शान्ति दीपबाट शान्ति र्याली निकालिएको थियो । र्याली मायादेबि मन्दिर परिषरसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्