युवतीलाई अस्लिल फोटो पठाउने पक्राउ



पर्वत, (नेस) ।
युवतीलाई अस्लिल फोटो पठाएको अभियोगमा पर्वतको बाजुङ्गका एक युवा पक्राउ परेका छन ।

पर्वतको मोदी गाउपालिका वडा नं ५ साविक बाजुङ गाबिस वडा नं ८का ३८ बर्षिय ठाकुरबहादुर केसी पक्राउ परेका हुन ।

केसीलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत कसूर गरी फरार रहेको प्रहरीले जनाएको छ । फरार केसीलाई शनिबार जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलिले घरबाटै पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिदेशमा रहँदा सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा अस्लिल फोटो पठाएको आरोपमा उदयपुरकी एक युवतीले उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्