‘ह्याप्पी मुड’मा बैंकिङ क्षेत्र



-राजु श्रेष्ठ, काठमाडौं
गत आर्थिक वर्षको तेस्रो त्रैमासिकपछि निकै दबाबमा परेका बैंक तथा वित्तीय संस्था नयाँ आर्थिक वर्षको शुरूसँगै सहज महशुस गरिरहेका छन्।

बैंकमा तरलताको समस्या नभएकाले निक्षेपको ब्याजदर घटेको छ भने ऋण लगानी पनि तीव्र गतिमा भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरू भएपछि १ खर्ब रुपियाँको हाराहारीमा वाणिज्य बैंकले ऋण लगानी गरिसकेका छन्। यद्यपि, निक्षेप संकलन भने कर्जा लगानीको तुलनामा आधाभन्दा कम रहेको छ।

साधारण ग्राहकबाट भएको निक्षेपभन्दा दोब्बरले बढी कर्जा लगानी कसरी सम्भव भयो भन्ने जिज्ञासामा बैंकरहरू भन्छन्– ‘गत आर्थिक वर्षको अन्त्यमा भएको उच्च सरकारी खर्चको रकम बैंकिङ प्रणालीमा आएपछि कर्जा लगानी गर्न सम्भव भएको हो।’ गत आर्थिक वर्षको अन्तिम महिनामा पौने २ खर्ब रुपियाँको हाराहारीमा सरकारी खर्च भएको थियो।

कर्जा लगानी उच्च गतिमा भए पनि सबै बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ७५ प्रतिशतको हाराहारीमै रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको दाबी छ। चाडवाडका बेला रहेको तथा डलरको मँल्य बढेसँगैै रेमिट्यान्स पनि बढेको छ, साथै सरकारी खर्च पनि समायोजन हुँदै आएको हुँदा बैंकमा तरलताको स्थिति राम्रो रहेको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका ढुंगानाको भनाइ छ।

बैंकले सीसीडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। ‘तरलता सुधार भएसँगै लगानीका निम्ति प्रेसर बढ्नु स्वाभाविक हो। तरलताको समस्या दशैंअगाडिसम्म ठीक छ, विगतमा पनि चाडपर्वपछाडि तरलताको समस्या देखिएको पाइन्छ। त्यो फेरि पनि नहोला भन्न सकिँदैन, तर भोलिका दिनमा तरलता के होला भनेर आज आकलन गर्न सक्ने अवस्था छैन’ –ढुंगानाले भन्नुभयो।

चालँ आर्थिक वर्षमा सरकारी खर्च नबढ्ने हो भने दोस्रो त्रैमासिकमा तरलता अभाव हुनसक्ने बैंकरको अनुमान छ। मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली भन्नुहुन्छ– ‘अबका ३ महिनामा बैंकिङ क्षेत्रका लागि केही चुनौतीपँर्ण हुनेछ, गत वर्ष ५÷६ महिनासम्मै बैंकिङ क्षेत्रले लगानी गर्न सकेन। जसले गर्दा समस्या निम्त्याएको थियो। हरेक वर्ष पछिल्लो ५÷६ महिना बैंक दबाबमा पर्दै आएका, तर अहिले मुलुकामा स्थायी सरकार छ।’ विकास निर्माणका काम द्रँत गतिमा अगाडि बढेको अवस्थामा समस्या नहुने खुञ्जेलीको भनाइ छ। सरकारी ढुकुटीमा पैसा जम्मा भएर थन्किने, बजारमा चलायमान भएन भने समस्या हुने हो। अहिले सरकारी ढुकुटीमा दुई खर्बभन्दा बढी रकम जम्मा भएको छ।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांकअनुसार असोज पहिलो सातासम्म बैंकमा निक्षेप संकलन २५ खर्ब १२ अर्ब तथा कर्जा लगानी २१ खर्ब ८९ अर्ब रुपियाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप यस चालँ आर्थिक वर्षको पहिलो महिनामा शँन्य दशमलव ४ प्रतिशतले घटेको छ।

वार्षिक विन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ दशमलव ३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३४ दशमलव ५ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३५ दशमलव ३ प्रतिशत र ४३ दशमलव २ प्रतिशत रहेको थियो।
साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपकर्ताको निक्षेप ४४ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा चालँ आवको पहिलो महिनामा कर्जा शँन्य दशमलव ७ प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह शँन्य दशमलव ८ प्रतिशतले बढेको छ भने विकास बैंकको शँन्य दशमलव २ प्रतिशत र वित्त कम्पनीको शँन्य दशमलव ५ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाको कर्जामध्ये ६१ दशमलव ६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ६ प्रतिशत कर्जा चालँ सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २ दशमलव ४ प्रतिशतले, ट्रस्ट रिसिप्ट (आयात) कर्जा १ दशमलव ९ प्रतिशतले, डिमान्ड तथा चालँ पँँजी कर्जा २ दशमलव २ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शँन्य दशमलव ६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १ दशमलव ४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १ दशमलव ७ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा २ दशमलव ३ प्रतिशतले घटेको छ।

त्यस्तै चालँ आर्थिक वर्षको पहिलो महिनामा विभिन्न उपकरणमार्पmत ८० अर्ब ३५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ। जसमध्ये निक्षेप संकलन बोलक बोलमार्फत ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत ७० करोड प्रशोचन भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा ७३ अर्ब ५० करोड तरलता प्रशोचन भएको थियो। गत साउन मसान्तसम्म वाणिज्य बैंकले १ सय २७ अर्ब ८५ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले ५ अर्ब ७७ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाले क्रमशः ३५ अर्ब ७५ करोड र ७ अर्बको यस्तो कारोबार गरेका थिए।

ब्याजदर गत आवको साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शँन्य दशमलव ५५ प्रतिशत रहेकोमा चालँ आवको साउनमा ३ दशमलव ३१ प्रतिशत कायम भएको छ। त्यसै गरी वाणिज्य बैंकबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ साउनको शँन्य दशमलव २९ प्रतिशतको तुलनामा २०७५ साउनमा १ दशमलव ८८ प्रतिशत रहेको छ। वाणिज्य बैंकको औसत आधार ब्याजदर २०७४ साउनको ९ दशमलव ६७ प्रतिशतको तुलनामा २०७५ साउनमा १० दशमलव १२ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्