नेपाल समाचारपत्र, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच भेटवार्ता भएको छ ।
हालै नेपालमा सम्पन्न बिमस्टेक सम्मेलन र आगामी दिनमा हुन सक्ने क्षेत्रिय सहकार्यसँगै भारतीय सहयोगमा नेपालमा निर्माणाधिन परियोजनाका बारेमा उहाँहरु वीच छलफल भएको बताइएको छ । सीमा समस्या र भन्सारलाई व्यवस्थित गर्नेबारेमा प्रचण्ड–मोदी वीच छलफल भएको नेकपा निकट स्रोतले जनाएको छ । भारतीय सहयोगमा कास्कीमा निर्माण हुने पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्नेबारेमा पनि छलफल भएको थियो ।
प्रचण्डले शनिबार भारतीय पूर्व प्रधानमन्त्री डा. मन मोहन सिंह, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि छुटाछुट्टै भेटवार्ता गर्नु भएको थियो । उहाँहरुसँगको भेटवार्तामा दुवै मुलुकको सम्बन्धसँगै आफ्नो पार्टी नेतृत्वको सरकारले अघि सारेका आर्थिक एजेण्डा र द्धिपक्षिय सहकार्यका बारेमा छलफल भएको बताइएको छ ।
पूर्व प्रधानमन्त्री सिंहले नेपाल अब आर्थिक विकास तर्फ लम्किएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।











प्रतिक्रिया