मृत्यु पनि मान्छेपिच्छे फरक

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक
मृत्यु एउटा कठोर सत्य । यहि कठोर सत्य मृत्युको पनि फरक फरक रुप हुँदो रहेछ । पछिल्लो दुई साताकाबीच जिल्लामा मृत्युका केही यस्ता रुप देखिए, जसले आम मान्छेलाई भावुक बनाइदियो ।

पन्ध्र दिनको हेलम्बु वसाइँ सकेर १० भदौमा स्वदेश फिर्तीको यात्रामा निस्किएका एक विदेशी नागरिकको जिन्दगीकै यात्रा टुंगियो । पन्ध्रदिन सम्म हेलम्बुको सेरोफेरोमा रमाउँदै आएका एक पाकिस्तानी नागरिकले गुडीरहेको बसभित्रै ज्यान गुमाए ।

भ्रमणका क्रममा हेलम्बु गाउँपालिका–३ तिम्बुस्थित हेलम्बु गेष्टहाउसमा बस्दै आएका पाकिस्तानी नागरिक राना गणेश बहादुर ओडको काठमाडौं फर्कँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

काठमाडौंका लागि यात्रारत उनी बसभित्रै बेहोस भएपछि उपचारका क्रममा स्वास्थ्यकेन्द्रमा मृत्यु भएको भनिएपनि उनको बसभित्रै मृत्यु भएको बताइन्छ । प्रहरीका अनुसार हेलम्बुबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४३९१ नम्बको बसमा सवार उनी अचानक बेहोस भए ।

बसभित्रै बेहोस भएपछि उनलाई मेलम्चीस्थित प्रथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागिएपनि उनको उपचार सफल हुन सकेन । ‘बेहोस भएपछि होस फकार्उन सकिन्छ की भनेर स्वास्थ्यकेन्द्रमा लैजाँदा मृत्यु भइसकेको रहेछ’, गाडीमा सवार एक प्रत्यक्षदर्शीले भने ।

प्लाष्टिककै पासोले कसैको ज्यान लिन्छ भन्दा हतपत पत्याउन कठिन हुन्छ । तर प्लष्टिकको डोरीको पासोमा परि मेलम्चीमा दुईजनाले ज्यान गुमाए साताअघि नै ।

अचानक छोरी फुलमायाँ घरबाट हराएपछि मेलम्ची नगरपालिका–६ मानेभञ्ज्याङका जितबहादुर तामाङलाई चिन्ताले गाँज्यो । दुईदिनसम्म छोरीको पत्तो पाउन नसकेका उनले तेस्रो दिन छोरीको पत्तो पाए, सास पाएनन् शव मात्रै ।

प्रहरीका अनुसार ७ भदौमा घरबाट हराएकी फुलमायाँको तिनदिनपछि मेलम्ची नगरपालिका–११ स्थित सिन्धु जंगलमा लाश फेला प¥यो । फुलमायाँसँगै जाजरकोट छेडागाउँका चन्दसिँह ठकुरीले प्लाष्टिकको डोरीको एउटै पासो लगाएर कटुसको रुखमा झुण्डि आत्महत्या गरेको प्रहरीले जानकरी दियो ।

९३ वर्षको बुढ्यौली उमेर । मेलम्ची नगरपालिका– २ सुयलछापका भीमबहादुर बन्जराका लागि ‘स्वभाविक मृत्यु’ शायद त्यति टाढ थिएन । उनै भीमबहादुरले आत्महत्या गरे साताअघि । परिवारमा कोही नभएपछि भतिजा अमृत बन्जराका घरमा आश्रय लिँदै आएका उनले घरको प्यासेजमा नाम्लोको पासो लगाई भुण्डिएर आत्महत्या गरेका हुन् ।