नेपाल समाचारपत्र, ललितपुर
मानव बेचबिखनविरुद्ध विगत लामो समयदेखि कार्यरत सामाजिक संस्था शान्ति पुनस्र्थापना गृहले आफ्नो स्थापनाको २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले नेपाल भारतका विभिन्न नाका र भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा रहेका २०३ महिला तथा बालबालिकाको उद्धार गरेको हो । यसका साथै संस्थाले ४ हजार ९ सय जनालाई परामर्श प्रदान गरेको छ र ५ जना महिलालाई क्षमता विकास र आयमूलक तालिम दिई आत्मनिर्भर बनाएको छ ।
बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गर्ने, पुनस्र्थापना गर्ने र पुनस्र्थापितहरुलाई सिपमूलक तालिम दिई आत्मनिर्भर बनाउँदै अगाडि बढेको यस संस्थाले कपिलवस्तुको कृष्णनगर र कैलालीको धनगढीमा आफ्नो शाखा कार्यालय मार्फत परामर्श र उद्धारको कामलाई अगाडि बढाएको छ ।
प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले महिला र बालबालिकाको क्षेत्रमा कार्यरत यस संस्थासँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका जिल्ला संयोजक श्री भूमीराज भट्टराईद्वारा संचालन गरिएको यस कार्यक्रममा विशेष अतिथि श्री दुर्गा सिंह, राष्ट्रिय महिला आयोगका शाखा अधिकृत श्री भरत धमला, लगायतले संस्थाले गरेको यस्तो पवित्र कार्यमा सदैव साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभएको थियो ।











प्रतिक्रिया