नेपाल समाचारपत्र, ललितपुर
सडक कालो पत्रे सम्पन्न गर्ने भाका नाघेर तीन वर्ष वितिसक्दा समेत सातदोबाटो–ढोलाहिटी सडकमा कालोपत्रे हुन सकेको छैन । नत यस सडकमा ग्राभेल राम्रोसँग नै भएको छ ।
सातदोबाटोदेखि ढोलाहिटी नजिक दुई दशमलब एक किलोमिटर बाटो ठूल्ठूला खाल्डा खुल्डी देख्न सकिन्छ । पानी पर्दा सडकमा पानी जमेर आहाल हुने र घाम लाग्दा धूलोले बाटो मै हिँड्न मुस्किल छ । बाटोमा सवारी साधन समेत आवत जावतमा समस्या नै छ भने बटुवा समेत हिँड्न सकस छ ।
तीन वर्षअघि सडक कालो पत्रे सम्पन्न गर्न २०६९ सालमा यो सडकको ठेक्का लागेको हो । सडक कालोपत्रे गर्न युनाइटेड विल्डर्ससँग सम्झौता भएको थियो ।
तर सडक बन्नु पर्ने भाका नाघेर तीन÷तीन वर्षसम्म निर्माण कम्पनीले नै यस्तो चरम लापरबाही गर्दा सडकको यस्तो हाल भएको छ । नागरिकले अनाहकमा कष्ट व्यहोरिरहेका छन् ।
निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरे, मापदण्ड अनुसार काम नगरे ठेक्का रद्द गर्ने जस्ता कारबाही गर्न सक्ने प्राब्धान रहेपनि भाका नाघेको यत्रो दिन वितिसक्दा समेत न ठेकेदार कारबाहीमा परे न त बाटो नै बने ।
लामो समयसम्म सडक नबनेपछि सास्ती खेप्नु परेको भन्दै स्थानीयले गएको चैतमा स्थानीयले सडक दुई दिनसम्म सडक नै अबरुद्ध पारे । सडक चाँडै निर्माण गरिदिने सहमतिमा सडक खुल्यो तर अहिलेसम्म पनि सडकको ताल उस्तै छ ।
त्यस ताका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत विशेष चासो दिँदै यथाशिघ्र सडक कालोपत्रे सम्पन्न गर्न निर्देशन दिए पनि केहि सीप लागेन ।
ठेकेदारले सडकको काम बिचमै छोड्दा समेत केहि कारबाही नहुँदा सर्वसाधरण आजित मानेका छ । ललितपुर महानगरपालिका–१५ वडाका वडा अध्यक्ष सुदर्शन मिश्रले विना कुनै रोक तोक अप्ठारामा समेत सडक कालोपत्रे हुन नसकेको भन्दै आश्चार्य मान्नुभयो ।
‘मलाई अचम्मै लागेको छ किनकी, विना समस्या, विना अवरोध ६÷६ वर्षसम्म पनि यत्ति सानो बाटो पिच किन गरेन ?,’ वडा अध्यक्षले भन्नुभयो–‘पटक÷पटक छलफल भएको छ । दशैँ अघिसम्म हेर्छौ । काम भएन भने सोचौँला ।’
उहाँका अनुसार सडक कालो पत्रे गर्न बाँकी ६ सय ३० बाँकी छ । यस बाटो हुँदै पछिल्लो पटक नेकपा अध्यक्ष प्रचण्ड, उहाँकी बुहारी खानेपानी मन्त्री विना मगर समेतको सवारी गुड्ने गर्दछ ।
यसका साथै यस बाटो चापागाऊँ, ठेचो, सुनाकोठी, लेले लगायतका नागरिक यात्रा गर्छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले दशै अघि नै काम सम्पन्न गर्न ठेकेदारलाई अल्टिमेटम दिईसकेको बताउनुभयो ।
‘ठेकेदारलाई बोलाएर हामीले दशैँअघि कुनै पनि हालतमा यो सडक कालोपत्रे हुनु पर्ने भनेका छौँ । ठेकेदारले पनि त्यही अनुसार प्रतिवद्धता जनाईसकेका छन्,’ उहाँले भन्नुभयो ।











प्रतिक्रिया