१० वर्षमा ४० किलोमिटर ट्याक मात्रै खुल्यो

0
Shares

किरन धामी, दार्चुला
ब्याँस बासीको गाडी चड्ने सपना सपनामै सिमित हुन पुगेको छ । नेपालबाट बाटो नहुदा भारतियबाट प्रयोग गर्दै आएका ब्याँस बासी दार्चुला तिंकर सडक बन्ने कुरा आए पछि अब आफ्नै भुमिबाट घर जान पाइन्छ भनेर निकै खुसी भएका थिए । तर विडम्वना सडक निर्माण सुरु भएको झण्डै सात वर्ष विति सक्दा समेत उनिहरुको गाडी चड्ने सपना पूरा हुन सकेको छैन् ।

कुल १ सय ४० किलोमिटरको लम्बाई रहेको दार्चुला तिंकर सडकको अहिले सम्म ४० किलोमिटर मात्रै ट्याक खुलाइएको छ । सो सडक खण्ड अन्तरगत राताकाठा भन्ने भिरको ब्याक कटिंग नहुँदा सहज रुपमा गाडी चल्न सकेका छैनन् । यो सडक निर्माण कार्य आर्थिक वर्ष २०६५÷६६ देखी सुरु भएको हो ।

आर्थिक वर्ष २०७५÷७६ सम्ममा १ सय ४० किलोमिटर सडक निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्यले लक्ष्य राखेको थियो । तर निध्रारित समय सकिन १० महिना मात्रै बाँकी रहँदा ४० किलोमिटर मात्र ट्र्याक खुलेको छ ।

सडक बने पछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुला जिल्लाले काँचुली फेर्ने याहाका स्थानियहरुकोे सपना थियो । तर सडक निर्माणको जिम्मा पाएको कार्यालय र निर्माण व्यवसायीको लापर्बाहीका कारण सडकले गति लिन सकेको छैन ।

वर्षौंदेखि भारतीय मार्ग हुँदै साविकको राप्ला, ब्यास, सुनसेरा, हुतीलगायत नागरिकले अहिले पनि भारतीय मार्गकै प्रयोग गर्नु परिरहेको छ । भारतीय बाटो प्रयोग गर्दा महाकाली नदीको जोखिम पूर्ण तुइनको यात्रा गर्नुपर्ने स्थानीयले बताएका छन् । यात्राका क्रममा तुइनबाट खसेर हरेक वर्ष स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।

दार्चुला तिंकर सडक निर्माणमा भइरहेको ढिलाइकै कारण अहिले पनि आफुहरु कष्टकर यात्रा गर्नुपर्ने बाध्य भएको ब्याँस गाउपालिकाका स्थानीय हरिदत्त भट्ट भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बत दार्चुला तिंकर सडक निर्माण पछि छोटो मार्गको रूपमा प्रयोग गर्न सकिन्छ ।

सडक निर्माणका लागी विस्फोटक पदार्थ जिल्ला पुगेपछि भदौ ३ गतेबाट निर्माण कार्य सुरु भएको दार्चुला तिङ्कर सडकको निर्माण कार्य सुस्ताएको छ । विष्पोटक पदार्थ अभावमा विगत तिन वर्ष देखी रोकिएको सडक भदौ ३ गते देखी निर्माण कार्य सुरु भएको भए पनि फेरी पुरानै अवस्थामा अर्थात् सुस्त गतिमा फर्किएको हो ।

सडक निर्माणका लागि आएको ९ हजार ३ सय किलोग्राममध्ये हालसम्म ४५ किलोग्राम मात्रै पड्काइएको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । ठेकेदारको लापरवाही तथा दार्चुला तिंकर सडक योजनाको ढिलासुस्तीका कारण सडक निर्माण सुस्त गतिमा फर्किएको हो । विष्पोटक पड्काउन ड्रिल गरिरहेका कारण केहि ढिलाई भएको दार्चुला तिंकर योजनाले जनाएको छ ।

अहिलेकै गतिमा विष्पोटक पदार्थ प्रयोग गरिए धेरै समय लाग्ने जनाइएको छ ।
उक्त ४५ किलोग्राम विष्पोटक पदार्थ दुहुँ गाउँपालिका–१ पिपलचौरी विजयपुर भिरमा पड्काइएको तथा अझै ५ पटक जति त्यै भिरमा विष्फोट गराउनु पर्ने अवस्था रहेको योजनाले जनाएको छ । विष्पोटक पदार्थ अभावमा रोकिएको सडक निर्माणका लागी आवश्यक पर्ने विष्पोटक पदार्थ बझाङ स्थित निर्माणधिन कालंगा जलविद्युत आयोजनाबाट गत असारमा ९ हजार ३ सय किलोग्राम विष्पोटक ल्याइएको थियो ।

दार्चुला तिंकर सडक योजनाअन्तर्गत काम गरिरहेका १० वटा निर्माण कम्पनीको म्याद थप गरिएको छ । म्याद थप गरिएका १० वटा निर्माण कम्पनीहरु मध्ये ८ निर्माण कम्पनीको म्याद सकिएको योजनाले जनाएको छ । योजनाले महालक्ष्मी कन्सट्रक्सन बालाजु, अमर÷सुर्य निर्माण जेभी, साप, जागृती, तुलसी÷दुर्गा, राजेन्द्र निर्माण सेवा, राजेन्द्र देव सिंह निर्माण सेवा, राजेन्द्र देव सिंह मालिकार्जुन निर्माण सेवा, लामा, चन्द्र एण्ड बसन्त र रायमाझी जगदम्बा जेभीको एक पटक म्याद थप गरिसकेको छ ।

म्याद थप गरिएका महालक्ष्मी कन्सट्रक्सन बालाजु र अमर÷सुर्य निर्माण जेभीको म्याद अझै केहि महिना बाकी रहेको तथा अरु सबै निर्माण कम्पनीहरुको म्याद सकिएको आयोजनाले जनाएको छ । म्याद सकिएका निर्माण कम्पनीहरुले म्याद थपका लागी निवेदन दिएको दार्चुला तिंकर सडक योजनाले जनाएको छ ।