विकासमा दाङ झन पछाडि



दाङको टरी गाउंमा विमानस्थलमा फेरी उडान हुन छाडेको छ । केही समय अघि शुरु भएको हवाई यात्राले खुसी भएका दंगाली फेरी निराश हुनुपरेको छ । अहिले विमानस्थल गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान सुचारु गर्न र दियो उडान भर्ने काम गर्न जनप्रतिनिधिले चासो दिनुपर्ने देखिन्छ ।

विमानस्थलभित्र गाई बाख्रा चराउन शुरु भईसकेको छ । विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो । २०५२ सालमा नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै चार महिनामै उडान बन्द गरेको थियो । पटक पटक बन्द गर्ने र सुचारु गर्ने अस्थायी पाराले विमानस्थल चलाउँदा यात्रुको समस्या सिर्जना हुन सक्छ । टरीगायँको विमानस्थलमा फेरी विसं २०६० मा नेपाल वायु सेवा निगम, यति र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार छ वर्षसम्म उडान भरेका थिए । फेरी ४ बर्ष बन्द पछि गोमा एयरले २०७२ सालमा नौ महिनासम्म उडान भ¥यो । यात्रु अभाव देखाउँदै फेरि सेवा रोकियो ।

पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान बनाउन १० करोडको लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्रे भएको थियो । पटक–पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्ज र भैरहवाबाटै विमान सेवा उपभोग गर्नुपर्ने बाध्यता भएको छ । पटक पटक बन्द गर्दै सुचारु गर्दै अब्यबस्थित रुपमा संचालन गर्दा जनविश्वास गुम्ने र यात्रु अभावको समस्या सिर्जना हुने देखीन्छ । अब यसलाई स्थायी रुपमै संचालन गर्न दिगो समाधानको खोजी गरौं ।
माधव रिजाल, दाङ ।

प्रतिक्रिया दिनुहोस्