मस्को, (एजेन्सी)
रुसी ट्यांकरले हालैका महिनामा कयौं पटक उत्तर कोरियाली जहाजहरुमा इन्धन तेल भर्ने गरेको जनाइएको छ। संयुक्त राष्ट संघको नाकाबन्दीका कारण सकसमा रहेको उत्तर कोरियाका लागि रुसी तेलले ठुलो राहतका काम गरिरहेको पश्चिम युरोपका दुई वरिष्ठ सुरक्षा सुत्रले जनएको छ। अक्टोबर र नोभेम्बरमा कम्तिमा तीन पटक पेट्रोकेमिकलले तेल सारेको र त्यसले प्रतिबन्दलाई तोड्ने काम भएको नाम उल्लेख नगर्ने सर्तमा एक सुरक्षा अधिकारीले रोयटर्सलाई बताएको छ। यद्यपी उक्त तेल आपुर्तिमा रुसी राज्यकै समर्थन रहेको भन्ने प्रमाण नभएको अर्को सुत्रले बताएको रोयटर्सले जनाएको छ।











प्रतिक्रिया