तेहरान, (एजेन्सी)
इरानको रिभोलुस्नरी गार्डसले यदि राजनीतिक अस्थिरता जारी रहेमा सरकारको फलामे मुक्काको सामना गर्नुपर्ने भन्दै आइतवार सरकार विरोधि प्रदर्शनकारीहरुलाई चेतावनी दिएको छ। जनताको जिवनस्तर खस्केको र सरकारी स्तर भ्रष्टचारबाटग्रस्त भएको कारण तीन दिन देखि इरानमा सरकार विरुद्ध विशाल प्रर्दशन भइरहेको छ। सुधारको माग राख्दै गरिएको यस विरोध र्यालीलाई सन् २००९ पछिको सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ। रिभुलुस्नरी गार्ड्सका एकजना कमान्डरले प्रदर्शनकारीहरुले अब राजनीतिक नारा लगाउने र सार्वजनिक भौतिक सम्पत्तिमा क्षति पुर्याउन थालेको बताएका छन्।











प्रतिक्रिया