राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन आग्रह गरेकी छन् । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षलाई बोलाए यस्तो आग्रह गरेकी हुन । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई शीतलनिवासमा बोलाएर अध्यादेशमाथिको विवाद समाधानको पहल गर्न आग्रह गरेकी हुन् । आफूले संविधान र कानुनभित्र रहेर काम गर्ने भन्दै उनले राजनीतिक दलहरुले पनि यसमा सहयोग गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्