शिक्षा नीति समय अनुसार परिवर्तन गर्नुपर्छ – उपकुलपति



बाँके । मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले शिक्षा नीति समय अनुसार परिवर्तन हुनुपर्ने बताएका छन् ।
मंसिर २८ गतेदेखि नेपालगञ्जमा सञ्चालन भएको ‘आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव—२०७४’ को समापन समारोहमा बोल्दै उपकुलपति कोइरालाले नबद्लिएको शिक्षा नीतिले राष्ट्रलाई अघि बढ्नबाट रोक्न बताउनुभयो ।
‘समाजलाई सही मार्गमा डो¥याउने शिक्षा नीतिहरु समायानुकुल बनाउ“दै लैजान पहल हुनुपर्छ’ उपकुलपति कोइरालाले भन्नुभयो,—‘त्यो भएको छ की छैन ? बहसहरु तिब्र पार्नुपर्छ ।’ कोइरालाले समाजमा शिक्षाको जागरण फैलिएकाले शिक्षा नीति परिवर्तन गर्न सरोकारावाला निकाय पनि गम्भीर बन्नेमा आफु बिश्वस्त भएको उल्लेख गर्नुभयो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बा“केले पहिलो पटक आयोजना गरेको सो महोत्सवको समापनमा बोल्दै कोइरालाले यस क्षेत्रमै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेर आयोजकले शिक्षा क्षेत्रमा जागरण ल्याउने काम गरेको बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव नवनीधि पन्तले राज्यले पाठ्यपुसतक उत्पादन तथा बिक्री बितरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको भन्दै असन्तोष पोख्नुभयो । उहाँले भन्नुभयो, ‘अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री बितरण र डुवानीमा समस्या नै समस्या झेल्नुपरेको छ ।’ महासचिव पन्तले साझा प्रकाशनको मुल्यमै निजी क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गर्नुभयो ।
बा“केका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निजी क्षेत्रमा गरिने मेला, महोत्सवले जागरणका साथै व्यवसाय प्रर्बधद्धनमा प्रभावकारी भुमिका खेल्ने बताउनुभयो । राजनीतिक दलका तर्फबाट बोल्दै नेकपा एमाले बा“केका अध्यक्ष अशोक कोइरालाले महोत्सवहरुलाई शैक्षिक जागरणको माध्यमका रुपमा प्रयोग गरेकोमा धन्यबाद दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बांकेका अध्यक्ष राजेशकेशर खनाल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी बजार प्रतिनिधी संघका अध्यक्ष हरिकृष्ण भट्राईले पठन संस्कृतिको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी यस क्षेत्रको ऐतिहासिक पक्ष, शिक्षाको अवस्था लगायतका बिषयमा समेटिएको अभियान नाम गरेको महोत्सव स्मारिका समेत सो अवसरमा बिमोचन गरिएको महोत्सव आयोजक मदहासंघ बाँंकेका संसथापक अध्यक्ष बसन्त लामिछानेले जानकारी दिनुभयो । सो अवसरमा मुख्य प्रायोजक, प्रायोजक, सह—प्रायोजक, बिभिन्न प्रतियोगितामा बिजयी भएका बिद्यार्थीहरु, महोत्सव सञ्चालनमा योगदान पु¥याएका महानुभावहरुलाई सम्मान गरिएको थियो ।
सात दिनसम्म सञ्चालन भएको महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य थियो ।
महोत्सवमा १ सय ५० बढि स्टलहरु रहेका थिए । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्