विधेयक पारित



वासिङ्टन, (एजेन्सी)
अमेरिकी सिनेटरहरूले कर कटौति विधेयक पारित गरी पहिलो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वैधानिक सफलता दिलाएको छ। यसलाई ८० दशकपछिकै कर सेवा क्षेत्रमा ल्याइएको ठूलो परिवर्तन मानिएको छ। उक्त विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत खसेको थियो। यसअघि उक्त विधेयकमा पटक–पटक संशोधनहरू गरिएको थियो। तर डेमोक्रेटहरूले यस विधेयकले धनी वर्ग र ठूला व्यवसायीहरूलाई मात्र फाइदा पुर्याउने भनी आलोचना गरेका छन्। यस योजनाले कर्पोरेसन करमा ठूलो कटौति हुने भएकाले बजेट घाटा बढाउने छ।

प्रतिक्रिया दिनुहोस्