टायर पड्किए



नेवार्क, (एजेन्सी)
अमेरिकामा सयौं व्यक्ति बोकेको दि युनाइटेड एयरलाइन्सको एउटा यात्रुवाहक विमानका दुईवटा टायर अवतरणको क्रममा पड्केको सरकारी अधिकारीहरूले जानकारी गराएका छन्। जर्मनीको फ्रान्कफर्ट इन्टरनेसनल एयरपोर्टबाट घन्टौंअघि उढेको सो एयरलाइन्सको कल साइन ९६१ बोकेको उक्त विमानमा आइतबार नेवार्क लिवर्टी इन्टरनेसनल एयरपोर्टमा अवतरण हुने क्रममा दुर्घटना भएको बताइएको छ। सो घटना हुँदा विमानभित्र २ सय ६४ जना यात्रु र चालकदलका १५ जना सदस्य रहेका थिए। तर एयरलायन्सले यसबारे कुनै विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्