समलिंगी विवाहलाई मान्यता



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाको सिनेटको माथिल्लोसभाले बुधवार समलिंगी विवाहलाई कानुनी मान्यता दिने प्रस्तावलाई अनुमोदन गरेको छ। विधायकहरूले केही कन्जरभेटिभहरूको धार्मिक आस्थाको आधारमा भए पनि सो प्रस्ताव लत्याउने दबाब अस्वीकार गरेका छन्। राष्ट्रिय जनसंख्या निकायले गरेको गोश्वारा सर्भेक्षणका अनुसार थुप्रै अस्ट्रेलियालीले समलिंगी विवाहलाई वैधानिकता दिन समर्थन गरेका थिए। सिनेटमा उक्त विधेयकको पक्षमा ४३ र विपक्षमा १२ मत खसेको थियो। कन्जरभेटिभ विधेयकहरूले संगीतकार, केक तथा पुष्प व्यवसायीलगायतसँग समलिंगी विवाहको विरोध गर्ने धार्मिक व्यक्तिहरूको सुरक्षाका लागि सरकारसँग अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्