परिवारको हत्या



वासिंगटन, (एजेन्सी)
अमेरिकाको भर्जिनियामा थ्यान्क्सगिभिङ डिनरको बेला भर्जिनियाका एकजना पास्टरले बिहीबार साँझ आफ्नै निवासमा आफ्नी पत्नी, छोरी र छोरीको ब्वाइफ्रेन्डलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। ५८ वर्षीय क्रिस्टोफर ग्याटिसविरुद्ध ३ जनाको हत्या र हतियारको दुरूपयोगको अभियोग लगाइएको छ। उनको आक्रमणमा उनकी ५८ वर्षीया पत्नी जिनेट ग्याटिस, ३० वर्षीया छोरी क्यान्डिस कुन्ज र कुन्जका ३६ वर्षीय ब्वायफ्रेन्ड एन्ड्रियु रहेका छन्। प्रहरीले घरेलु विवादका कारण यो हत्याकाण्ड भएको र अभियुक्तलाई चेस्टरफिल्ड कउन्टि जेलमा थुनिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्