‘ट्रम्प पंक हो’



फिलाडेल्फिया, (एजेन्सी)
फिलाडेल्फिया मेयर जिम केनीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अरूमाथि रवाफ देखाउने र पंक भएको बताउँदै उनको व्यवहारलाई लिएर आफूलाई दुःख लागेको बताए। सन् २०१० मा हाइटीमा आएको महाभूकम्पका कारण अमेरिका आश्रय लिएर बसेका ५९ हजार हाइटी नागरिकको भविष्यलाई लिएर ट्रम्प प्रशासनले जारी गरेको निर्णयप्रति उनले असन्तोष व्यक्त गरेका थिए। उनीहरूलाई कुनै कानुनी कागजात दिन नसक्ने र अर्को देशमा जान खुला रहेको वा आफ्नै देशमा फर्कन सक्ने जस्ता कठोर नीति ल्याएकोमा केनीले ट्रम्प आफैं देशबाट बाहिरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्