आरएसएस खतरा



श्रीनगर, (एजेन्सी)
जम्मु काश्मीरका पूर्वमुख्यमन्त्री तथा नेसनल कन्फ्रेन्सका प्रमुख डाक्टर फारुक अब्दुल्लाले पाकिस्तान प्रशासित काश्मीर पाकिस्तानको हिस्सा र ‘भारत प्रशासित काश्मीर हाम्रो’ भएको बताएका छन्। भारत सरकारले स्वायत्तता नदिएमा नागरिकले स्वतन्त्रताको माग गर्ने उनले बताए। भारतले पाकिस्तानबाट पाक प्रशासित काश्मीर लिन नसक्ने र केन्द्र सरकारले काश्मीरका सबै कालो कानुन फिर्ता लिनुपर्ने पनि माग गरे। अब्दुल्लाको उक्त बयानलाई लिएर राजनीतिक बृत्तमा व्यापक बहस चलेको छ। उनले एक प्रश्नको जवाफमा काश्मीरलाई पाकिस्तानबाट नभई आरएसएसबाट खतरा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्