पुरानो आकाशगंगा



 

 

नासा, (एजेन्सी)
खगोलशास्त्रीहरूले ब्रह्माण्डमा सबैभन्दा पुराना तथा धेरै दुरीमा पर्नेमध्यको आकाशगंगाको रुप लिइरहेको एउटा तारा फेला परेको पुष्टि गरेका छन्। उक्त तारा १२ अर्ब ८० करोड प्रकाश वर्ष टाढा रहेको र यो बिगब्यांग विस्फोट भएको १ वर्षपछि बन्न थालेको हो। बिगब्यांगलाई ब्रह्माण्ड रचना भएको घटनाका रुपमा लिइन्छ। जी०९८३८०८ नामले चिनिएको उक्त आकाशगंगा पहिलो पटक अन्तरिक्ष टेलिस्कोप हस्र्चेलले ठम्याएको हो। तर यसमा अत्यन्तै धमिलो देखिएको थियो। त्यसपछि खगोलशास्त्रीहरूले थप जानकारीका लागि गालपोगासस्थित लार्ज मिलिमिटर टेलिस्कोपको प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्