उदयपुरका ठाँटी दुर्घटनाः ९ जनाकै सनाखद



कुसलबाबु बस्नेत, कटारी (उदयपुर) । उदयपुरको कटारी बाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ३४०४ नम्वरको सुमो सोमबार दिउँसो कटारी नगरपालिका ११ ठाँटी पहिरोमा दुर्घटना हुँदा मृत्यु हुने ९ जनाकै सनाखद भएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठका अनुसार एकजना ३ वर्षिय वालिकाको शकुसल उद्धार गरिएको छ ।घटनास्थलमा बालिकाको भिरमा लहरामा अड्किएको अवस्थमा शकुसल उद्धार गरिएको थियो । घाईते ओखलढुँगा, बरुणेश्वरका कुमारी भित्रिकोटीलाई सोमबार साँझ कटारी अस्पत्तालबाट रेफर गरी थप उपचारका काठमाडौं मेडिकल कलेज ,काठमाडौं पुराईएको छ ।डिएसपी श्रेष्ठका अनुसार घाईतेको अवस्था पनि गम्भिर रहेको अस्पत्ताल स्रोतले जनाएको छ । मृतकहरुको विवरण यस प्रकार रहेको छ ।
मृतकहरु:
१ .राधेश्याम महतो , सप्तरी , पपरगाढा–४
२.हरि कार्की (चालक), कटारी–२ , उदयपुर
३.शन्देस किराती , उदयपुर ,ठोक्सिला
४.ईश्वर भट्टराई , सेर्ना –३ , ओखलढुंगा
५.रुपेन्द्र बर्मा , सप्तरी , बैरहवा –६ , सोलु गुल्ममा कार्यरत सेना
६.दिपक भित्रिकोटी , बरुणेश्वर ओखलढुँगा
७.गंगाराम साह , कविलासा , ३ , सप्तरी
८.अन्जना राई , .ठेगाना खुल्न बाँकी
९.मिथिलेस साह , ठेगाना खुल्न बाँकी

प्रतिक्रिया दिनुहोस्