कांग्रेस–राप्रपा गठबन्धन टुटेको महामन्त्रीको घोषणा



काठमाडौँ । रापप्राका महामन्त्री राजेन्द्र लिङदेनले कांग्रेससँगको गठबन्धन टुटेको बताएका छन । लिङदेनको आफ्नो ट्वीटर ह्याडलबाट गठबन्धन अन्त्य भएको घोषणा गरेका हुन । योसँगै दुई सत्तारुढ दल कांग्रेस र राप्रपाबीच आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा देशैभर तालमेलको घोषणा भए पनि झापामा भने गठबन्धन टुटेको छ । कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले एउटै निर्वाचन क्षेत्र झापा–३ मा उम्मेदवारी दिने घोषणा गरेपछि झापामा दुई दल बीचको गठबन्धन टुटेको हो ।

प्रतिक्रिया दिनुहोस्