ताप्लेजुङमा योगेश भट्टराईको उम्मेदवारी दर्ता



ताप्लेजुङ (नेस) ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईले प्रतिनिधिसभा चुनावका लागि ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा भट्टराईले वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा मनोनय दर्ता राउनुभएको हो ।

प्रदेशभाका लागि ‘क’ मा एमालेका बलबहादुर साम्सोहाङ र ‘ख’ मा माओवादी केन्द्रका टंक आङबुहाङको उम्मेदवारी परेको छ । ताप्लेजुङमा नेपाली कांग्रेसका तर्फबाट केशव दाहालले गम्मेदवारी दिँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्