तारकेश्वरमा एमालेको अग्रता कायमै



काठमाडौँ, ४ जेठ । तारेकश्वर नगरपालिका प्रमुखमा नेकपा(एमाले)का रामेश्वर बोहोरा चार हजार २६७ मत ल्याई अग्रस्थानमा रहनुभएको छ ।

उहाँलाई नेपाली काँग्रेसका श्रीराम थापाले चार हजार ९० मत ल्याई पछ्याइरहनुभएको छ । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का धनलाल महर्जनले एक हजार ६४९ मत प्राप्त गर्नुभएको छ । नगर उपप्रमुखमा पनि एमाले अगाडि रहेको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्