पोखरा लेखनाथमा एउटाको पकड अर्कोले तोड्दै



धन बस्नेत, पोखरा ।

आफनो पकड बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पकड रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा काँग्रेसको उदय भएको छ । वडा नं ८ मा भने नेकपा एमालेले रातो झण्डा गाडेको छ ।

दुवै वडामा नेकपा एमाले र नेपाली काँग्रेसले मिश्रित परिणाम ल्याएको छ । वडा नं ६ मा नेपाली काँग्रेसका जगतबहादुर पहारी वडाध्यक्षमा चुनिए । उनीसँगै काँग्रेसका दुई र एमालेका दुई वडा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी वडा नं ८ मा पनि नेकपा एमालेले वडाध्यक्षमा आफनो अस्थित्व देखाउँदा काँग्रेसले भने दुई वटा सदस्यलाई निर्वाचित गराउन सफल भएको छ ।

बिहीबार बिहान सकिएको मतगणना अनुसार कांग्रेस तर्फका उम्मेदवार जगत पहारी १४६४ मतसहित वडा नं ६ बैदाममा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका हेमकुमार श्रेष्ठले १३४९ मत प्राप्त गरे । वडाको खुल्ला दुई सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने एमाले उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला दुई सदस्यमा विष्णुबहादुर भट्टराईले १४७६ र हरीकृष्ण पहारीले १४५५ मत प्राप्त गरी निर्वाचितभए । त्यस्तै महिला सदस्यमा पुष्पा पहारी १४७० मत सहित निर्वा्चित भइन् । दलित महिला सदस्यमा राम माया विश्वकर्मा १५०० मत सहित विजयी भइन् ।

यसैगरी वडा नं ७ मा वडाध्यक्षमा एमाले उम्मेदवार रामचन्द्र बराल विजयी भएका हुन् । उनले १२१२ मत प्राप्त गर्दा कांग्रेसका रामचन्द्र बस्ताकोटीले ११११ मत प्राप्त गरे । खुल्ला सदस्यमा दिनबन्धु पौडेलले १२४३ र किशोर बरालले ११५७ मत प्राप्त गरी निर्वा्चित भए । त्यस्तै महिला सदस्यमा एमालेकै प्रभा पन्त १२२५ मत सहित विजयी भइन् भने दलित महिला सदस्यमा सुक माया नेपाली १२७३ मत सहित निर्वाचित भइन् ।

बिहीबार विहान सकिएको मतगणना अनुसार वडा नं ८ मा वडाध्यक्षमा एमाले उम्मेदवार रुद्रनाथ बराल विजयी भएका हुन् । उनले १२१२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी कांग्रेसका रामचन्द्र बस्ताकोटीले ११११ मत प्राप्त गरे । खुल्ला सदस्यमा दिनबन्धु पौडेलले १२४३ र किशोर बरालले ११५७ मत प्राप्त गरी निर्वा्चित भए । त्यस्तै महिला सदस्यमा एमालेकै प्रभा पन्त १२२५ मत सहित विजयी भइन् भने दलित महिला सदस्यमा सुक माया नेपाली १२७३ मत सहित निर्वा्चित भइन् ।

अहिलेको मत परिणाम अनुमान र आकलन गरेको भन्दा केही फरक आएको छ । केही पकड वडा बाहेक अन्यमा छ्यासमिस नतिजा आएका छन् । तर १ र ५ मा भने नेकपा एमालेले पुरानै लय समात्दै पकडलाई अझ दरिलो बनाई राखेको छ । २, ३ र ४ मा भने नेपाली काँग्रेसले इतिहासदेखि नै आफनो प्रभुत्व कायम गर्दै आएको छ ।

जितेका वडाहरुमा दुवै राजनीतिक दलले खुशीयाली मनाईरहेका छन् । ८ वडाको मतगणना परिणाम अनुसार एमाले र काँग्रेस दुवैले ४÷४ वडामा वडाध्यक्षको नाम लेखाईसकेका छन् । अझै महानगरका २४ वटा वडाको मत गणना हुन बाँकी छ । ३३ वडाका एकलाख ६८ हजार ६७ मतदातामा एकलाख २५ हजार ६ सय ८० मत खसेको छ । आठ वटा वडाको सदर मत १६ हजार चारसय गनिसकिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको अहिलेसम्मको स्थितिमा नेकपा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले अग्रता लिईरहेका छन् । जिसीले ९७०४ मत पाएका छन् । उपमेयर मन्जु गुरुङले भने ९३९२ मतसहित लिड गरिरहेकी छिन् । नेपाली काँग्रेसका उम्मेदवार रामजी कुँवरले ९४४४ सरस्वती गुरुङले र ८१२० मत पाएकी छिन् । यद्यपी वडा नं ९ र १० को मत गणना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्