ताराखोलामा माओवादी विजयी



बागलुङ, ३ जेठ । ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् ।

माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डण्डपाणी कँडेलले ९५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला पुनले ८४४ मत प्राप्त गर्नुभयो ।

ताराखोला गाउँपालिकाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । वडा नं १ को अध्यक्षमा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोकासहित माओवादी केन्द्रको प्यानलनै विजयी बनेको हो । रासस

प्रतिक्रिया दिनुहोस्