पार्वतीकुण्ड गाउँपालिका प्रमुखमा नयाँ शक्ति विजयी



नेपाल समाचारपत्र, रसुवा । रसुवाको पार्वतीकुण्ड गाउँपालिका प्रमुखमा नयाँ शक्ति पार्टी नेपाल र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
गाउँपालिकाको प्रमुखमा बुचुङ तामाङ ९६४ मत ल्याएर विजयी हुनुभएको हो । उपप्रमुखमा एमालेकी नबिना लामा ६६५ मतका साथ विजयी हुनुभएको छ ।
प्रमुखमा एमालेका लाक्पा गोम्वो तामाङको ६४४, नेपाली कांग्रेसका अभिनास तामाङको ४६९, माओवादीका फुर्पु तेन्जिन तामाङ ४२८ र स्वतन्त्रका उम्मेदवार कामी साङ्वो तामाङको २० मत आएको निर्वाचन अधिकृत विश्ववन्धु पौडेल वताइएको छ ।
उपप्रमुखमा नयाँ शक्तिकी संगिता तामाङको ६६३, नेकपा माओवादी केन्दका तारा तामाङको ६३२, नेपाली कांग्रसकी छेन्जुम तामाङको ४५६ मत आएको छ ।
२९९९ मत खसेकोमा २७ मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्