मेलम्ची– १० मा काँग्रेस विजयी



मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ ।

नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका टेकबहादुर तामाङले ५४५ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसका तीन जना र राप्रपाका एक जना वडा सदस्यमा विजयी भएका छन् ।

यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ९९५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले पाँच हजार ५०० मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ६०४ र राप्रपाका फणिन्द्र दाहालले दुई हजार ५७९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले ६ हजार २३३, काँग्रेसका सविता गुरुङले पाँच हजार ३३२, राप्रपाका कुमारी तामाङले दुई हजार ७१२ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले दुई हजार १९० मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्