नेमकिपाको भक्तपुरमा तेस्रो जित



नगरकोट, ३ जेठ । भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाउनु भएको छ । यस्तै एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्