म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी



न्ेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिसर््पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा भने नेकपा एमालेका खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । बिटालुका प्रतिसर््पर्धी नेपाली काँग्रेसका बिमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरेको मालिका गाउँपालिकाले जनाएको छ । मालिका–७ वडाको अध्यक्षमा स्वतन्त्र उमेद्वार रेशम जुग्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । जुग्जालीका प्रतिसर््पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जगन्नाथ पौडेलले बताउनुभयो ।
वडा सदस्यहरुमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धिबहादुर जुग्जाली (३३७) र गोरखबहादुर जुग्जाली (३२३) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो । यसैगरी मालिकाको १ नम्बर वडामा नेपाली काँग्रेसका टंक पुन, २ मा एमालेका नरबहादुर पुन, ३ मा एमालेकै हेमबहादुर पुन, ४ मा माओवादी केन्द्रका दिलिप शेरचन, ५ मा काँग्रेसका पिपला बुढाथोकी र ६ मा एमालेका सन्तनाथ जैसी निर्वाचित भएका छन् । कुल १० हजार ६४४ मतदाता रहेको मालिकामा सात हजार १४ मत खसेको थियो ।
यसैगरी बेनी नगरपालिकाको १, २, ४, ५, ६, ७ र ८ वडामा पनि एमालेले जितेको छ भने बेनपा–३ मा भने स्वतन्त्रका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । त्यस्तै मङ्गला गाउँपालिकाको १, २ र ३, धौलागिरिको २, ३, ४, ६ र अन्नपूर्णको १ र ३ नम्बर वडामा समेत एमाले विजयी भएको छ ।
त्यस्तै रघुगंगाको १, ३ र ४, अन्नपूर्णको ४, ५, ६ र ७ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ । अन्नपूर्ण २, रघुगंगा २, धौलागिरि १ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको गाउँपालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्