पञ्चकन्या–३ मा मतगणना रोकियो



नुवाकोट, ३ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा मतगणनामा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको छ ।
निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा नं– ३ मा रहेको एकमात्र देवकीधरम निमावी मतदान केन्द्रमा एक हजार ५३५ मत खसेको मुचुल्का गरेपनि गणना गर्दा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको हो । नेकपा (एमाले)ले खसेको सबै मत वैध रहेको भन्दै मतपेटिकामा रहेका एक हजार ५५३ मत नै गणना हुनुपर्ने अडान राखेको छ भने अन्य दलका उम्मेदवारले अस्वीकार गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्