भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै



चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ ।

उहाँले दुई हजार ७४९ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रिना गुरुङले २२३ मत पाउनु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्