जिरी नगरपालिका १ मालीमा कांग्रेसको पुरै प्यानल विजयी



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको जिरी नगरपालिका वडा नम्बर १ मालीमा वडा अध्यक्ष सहित सम्पूर्ण पदमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा लाक्पा शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लिलामाया विक र खुला सदस्यमा भक्तबहादुर खड्का तथा सनफिन्जु शेर्पा विजयी भएका छन् ।
त्यसैगरी वडा नम्बर २ मा वडा अध्यक्ष सहित सबै पदमा एकिकृत माओवादीको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत दीपेन्द्र काफ्लेले जानकारी दिनु भयो । उक्त वडाको अध्यक्षमा ङिमापाल्दे शेर्पा, महिला सदस्यमा शान्ति कार्की, दलित महिला सदस्यमा निर्मला बिक र खुल्ला सदस्यमा आङङिमा शेर्पा तथा पुर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
जिरी नगरपालिकाको दुई वटा वडाको मतगणना अनुसार नगरप्रमुखमा एकिकृत माओवादीका उम्मेदवार गेल्बु शेर्पाले ५२१, नेपाली कांग्रेसको सोनाम शेर्पाले ४०२ र एमालेको टंक जिरेलले ३९० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उप्रमुखमा माओवादी केन्द्रको चित्रमाया दहालको ५४२, एमालेको कृष्णमाया बुढाथोकीको ४०२ र नेपाली कांग्रेसको लिलादेवी जिरेलको ३८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्