कपुरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता



नेपाल समाचारपत्र, काठमाडौं । कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । वडा नम्बर १ मा खसेको जम्मा ८०९ मत गनी सक्दा माओवादी केन्द्रका गाउंपालिका अध्यक्ष पदका उम्मेद्धार प्रकाश भण्डारीले ३ सय ७२ मत ल्याएका छन् भने एमालेका भिम बहादुर सेनले ३१० मत र काग्रेशका दुर्गा गिरीले ४७ मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी एलिना रानाले ३ सय ८९, एमालेका तिला बुढाले ३ सय १४, काग्रेशकी ओकी महताराले ४२ मत ल्याएकी छिन् ।
१ नम्बर वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यमा भने माओवादी केन्द्रले जीत हात पारेको छ । वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् ।
अरु ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ ।

एमालेको तर्फबाट वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् भने काग्रेशका चन्द्र बहादुर घर्तीले ३२ मत ल्याएका छन् । यस वडामा काग्रेसले माओवादीलाइ समर्थन गरेको दाङबाट देवी भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्