हेटौंडामा कांग्रेस अगाडि



हेटौंडा,(नेस)

हेटौंडा उपमहानगरपालिकाको मतगणना हुँदैछ । मतगणनामा १ सय मत गन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ । उपमेयरमा भने नेकपा एमालेकी मीना लामा अगाडि देखिएकी छिन् । मेयरमा नेपाली कांग्रेसका आनन्दराम पराजुलीको ४५, नेकपा एमालेका हरिबहादुर महतको ४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधु अधिकारीको ३, उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेको ६ मत आएको छ ।

मनहरी गाउँपालिकामा २ सय भन्दा बढी मतगणना सकिएको छ । वडा नम्बर ९ बाट सुरु गरिएको मतगणनामा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । अहिलेसम्म स्वतन्त्र वडाअध्यक्ष उम्मेदवार साधुराम अधिकारीले ४९ मत प्राप्त गरेका छन् । ९ वटा वडा रहेको मनहरी गाउँपालिकामा २ सय ११ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

२३ वटा मतदान केन्द्र रहेको मनहरी गाउँपालिकामा १८ हजार ७ सय ४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्