रसुवाको अपडेट…



१५ सय ५७ मतगणना
नौकुण्ड र उत्तरगयामा कांग्रेस अगाडी
कालिकामा एमाले अगाडी
पार्वतीकुण्डमा नयाँ शक्ति अगाडी
रसुवा, जेठ १ – रसुवाको चार वटा गाउँपालिकामा हिजो रातीदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म एक हजार ५ सय ५७ मतगणना सकिएको छ ।
पार्वर्तीकुण्डमा ३ सय, उत्तरगयामा ६ सय, नौकुण्डमा दुई ५७ र कालिकामा ४ सय मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौकुण्ड गाउँपालिका ः दुई सय ५७ मत गणना भएकोमा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका नुर्पु साङ्वो घलेको एक सय ५७, नयाँ शक्ति पार्टीका भूमे लामा ६८ , नेकपा एमालेका विकास तामाङको २८ र स्वतन्त्रका लक्षिन नुर्पु तामाङको ३ मत आएको छ । २२ मत वदर भएको छ ।
कालिका गाउँपालिका ः ४ सय मत गणना भएकोमा प्रमुखमा नेकपा एमाले अगाडी देखिएको छ । नेकपा एमालेको सिता कुमारी पौडेलको एक सय २३, माओवादीका उद्धव रिजालको एक सय २२, नेपाली कांग्रेसका साधुराम पौडेलको ९७, नयाँ शक्ति पाटीका कृष्ण वहादुर तामाङको ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटाको १ मत आएको छ ।
उत्तरगया गाउँपालिका ः ६ सय मत गन्दा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२, नयाँ शक्तिका इन्द्र प्रसाद सापकोटाको एक सय ६४ र नेकपा माओवादीका मेघनाथ घिमिरेको ५४ मत आएको छ । वडामा भने नयाँ शक्ति अगाडी देखिएको छ ।
पार्वतीकुण्ड गाउँपालिका ः नयाँ शक्तिका बुचुङ तामाङको एक सय ८८, मोआवदीका फुर्पु तेन्जिन तामाङको ४१, नेकपा एमालेका लाक्पा गोम्वो तामाङको ३७ र नेपाली कांग्रेसका अविनास तामाङको ४ मत आएको छ । ४ वटा मत वदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्