रुकुममा ७६ प्रतिशत मत खस्यो, समग्रमा शान्तिपुर्ण मतदान



धनवीर दाहाल, रुकुम ।
स्थानिय तहको पहिलो चरणमा भएको रुकुमको मतदान छिटफुट घटना बाहेक समग्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्बाचन अधिकृत कार्यालयका सहायक निर्बाचन अधिकृत तेज प्रसाद पौडेलले अनुमानित ७६ प्रतिशत मतदान भएको बताउनुभयो । आठविसकोट नगरपालिकाको सबै जानकारी नभएकोले टोटलमा कति मत खस्यो भन्ने खवर शोमबार बिहान मात्र थाहा हुने उहाँले जानकारी दिनुभयो । दिनभर मतदाताहरु उत्साही हुदै मतदान प्रकृयामा सहभागी बनेका थिए ।

मुसिकोट नगरपालिकाको १३ नम्बर वडामा माओबादी कार्यकर्ताहरुले काग्रेश कार्यकर्ताहरुलाई केही समय अवरोध गरेका थिए । दिउसो चौरजहारी नपा ६ का केवल बुढा र लिलाराम पुन ले अर्काको नाममा झुक्काएर मतदान गदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाता नामावलि नभएका ब्यक्तिहरुले अर्काको नाममा भोटहाल्न थालेपछि नियन्त्रणमा लिएर छानविन भैरहेको रुकुमका डिएसपी अंगुर जिसीले घटनाको छानविन भइरहेको बताउनुभयो ।
यी सानातिना घटना बाहेक अरु जिल्लामा कुनै पनि मतदान लाई अवरोध गर्ने प्रकारका घटनाहरु भएनन। एक सय सात मतदान केन्द्रमा करिव ७८ हजारको हाराहारीमा मतदाताले मतदान गरेका छन ।

जिल्लाको ६ वटा स्थानिय तहमा एक हजार एक सय २२ जना उम्मेद्धारहरु चुनावी मैदानमा रहेका छन । निर्बाचनलाई स्वच्छ बनाउनको लागी सरकारी तथा गैरसरकारी निकायहरुले निर्वाचन आयोगको अनुमति लिएर जिल्लाका धेरै स्थानहरुमा पर्यवेक्षण समेत गरेका छन ।

केही दिन देखि रुकुममा पुगेर निर्वाचन आचारसंहिता लगाएतको अनुगमन गदै आएको राष्टिय मानव अधिकार आयोगले मतदान समग्रमा शान्तिपुर्ण रहेको बताएको छ । आयोगका क्षेत्रिय कार्यालय नेपालगन्जका शाखा अधिकृत टंक खनालले आफुले अनुगमन गरेका मतदान केन्द्रहरुको अवस्था शान्तिपुर्ण रहेको बताए ।

आइतबार रातिबाटै बाट मत गणना सुरु गर्ने गरी काम भइरहेको बताइएको छ । रुकुममा ६ स्थानीय तह अन्र्तत मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफिकोट गाँउपालिका, त्रिबेणी गाँउपालिका र सानोभेरी गाँउपालिकामा पहिलो चरणको निबार्चन सम्पन्न भएको हो । बाँकी ३ स्थानीय तहमा दोस्रो चरणमा निबार्चन हुने छ ।

रुकुमको स्रिम्रुतमा बम बिष्फोट भएको भनि केही व्यक्तिहरुले हल्ला फैलाएकोले त्यस्ता व्यक्तिहरुको खोजी भइरहेको र जनतालाई आतंकित बनाउनेलाई कार्वाही गरिने प्रहरीले बताएको छ । रुकुममा कुनै पनि ठाँउमा बम बिस्फोट नभएको प्रहरी निरिक्षक थमन रञ्जालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्