काठमाडौमा ४५ प्रतिशत मतदान



 काठमाडाँै, ३१ वैशाख । बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । उहाँले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताउनुभयो । उहाँका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् ।

जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् । यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्