लाइन बसेका मतदाताको मृत्यु



नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । भोट हाल्न विहान सिस्नेरीमा रहेको वत्सलादेवी मावि आएका इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय वीरमान पाख्रिनको ज्यान गएको हो ।
उनलाई पेट दुखेको र शौचालय गएपछि करिब १२ बजे बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि सिस्नेरीे स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो । मृतकका भाइ श्रीमान् पाख्रिनले दाजुको उपचार हुँदै गर्दा ज्यान गएको बताए । वीरमानका एक छोरा छन् ।
वत्सलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा पानी परेपछि केही बेर मतदान स्थगित भएको छ । करिब आधा घण्टा मतदान स्थगित भएको थियो । विद्यालयबाहिरको जस्ताको टहरामा पुनः मतदान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्