कांग्रेस उम्मेदवारमा जनजाति धेरै



ललितपुर, वैशाख २२ गते । नेपालीकांग्रेसले स्थानीयतहको पहिलो चरणको निर्वाचनकालागिदिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जनाजनजाति, मधेशी तथा दलित समुदाय बाट उम्मेदवारी परेको छ ।
त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति, दलित तथा मधेशी समुदाय बाट उम्मेदवारी परेको पाइएको छ ।
नगरपालिका प्रमुखमा दुई जना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएकोछ । जसमध्ये चारजना दलित तथा एकजना मधेशी समुदायबाट उम्मेदवारी परेको छ ।
त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीनजना महिला समेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जनापुरुष, ४ जनादलिततथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
यही वैशाख ३१ गते हुने स्थानीयनिकायको पहिलो चरणमाप्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा १८६ गाउँपालिका गरी २८३ स्थानीयतहमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्