यौन व्यवसायमा संलग्न महिलालाई कारबाहीको माग



हेटौंडा,(नेस) ।

होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा हेटौंडाका २ होटल सञ्चालकलाई प्रहरीले मुद्दा चलाएको भन्दै यहा“का होटल व्यवसायीहरुले यौन व्यवसायमा संलग्न महिलालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

होटल एसोसिएसन मकवानपुरको आयोजनामा हेटौंडामा भएको अन्तत्र्रिmयामा सहभागी होटल व्यवसायीले गलत चरित्र भएका महिलाहरुका कारण होटल व्यवसायीले दुःख पाएको भन्दै त्यस्ता महिलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
‘हाम्रो होटलमा पैसा तिरेर जो पनि आएर बस्न सक्छ । कुनै महिलाले होटल बुक गरेर कोही केटा बोलाएर अवैध काम गर्छिन् भने त्यसको दोषी हामी होटल व्यवसायी कसरी हुन सक्छौं’, होटल व्यवसायी चमेली लामाले भनिन्– ‘महिलालाई आवश्यकभन्दा बढी अधिकार दि“दा यहा“ धेरै पुरुषले दुःख पाएका छन् । महिलाले जे गरेपनि छुट हुने हो र ?’
होटल सञ्चालक रेबिका ठाडामगरले केही दिनअघि अवैध यौनधन्दा चलाएको भन्दै हेटौंडाका २ होटल सञ्चालक पक्राउ परे पनि त्यसमा संलग्न महिला भने खुलेआम हि“डीरहेको बताइन् । ‘जबरजस्ती कसैलाई होटलमा लगेर उसको इच्छा विपरीत काममा लगाएको त पक्कै होइन होला । यदि त्यसो हो भने प्रहरीलाई खबर गर्नुपथ्र्यो नि’, उनले थपिन्– ‘यस्ता कार्यमा संलग्न महिलालाई कडाभन्दा कडा कारबाही गरेमात्र होटलमा हुने यौनजन्य क्रियाकलाप कमी आउ“छ ।’
नारायणी रिभर लजकी सञ्चालक मोक्तानले सहमतिमै यौनधन्दा चलिरह“दा व्यवसायीमात्र मारमा पर्ने अवस्था दुखद् भएको बताइन् । केही व्यवसायीले भने ठूला होटलमा अनुगमन र छापा मार्ने कार्य नभएको र साना व्यवसायीलाई मात्र दबाब दिने गरेको गुनासो गरेका थिए । हेटौंडामा धेरै महिला यौनकर्मी रहेको जानकारी दि“दै होटल व्यवसायीहरुले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार लामाले प्रहरी कुनै पनि पेसा वा व्यवसायप्रति पूर्वाग्रही नभएको बताउ“दै कानुनी दायरामा रहेर व्यवसाय गर्न होटल व्यवसायीलाई अनुरोध गरे ।

प्रहरीले केही दिनअघि होटलमा यौनधन्दा चलाएको अभियोगमा व्यवसायीलाई पक्राउ गरेको सन्दर्भमा प्रहरीलाई ध्यानाकर्षण गराउने र दबाब दिने उद्देश्यले आयोजना गरिएको छलफलमा एसपी लामाले व्यवसायीबाट स्पष्टरुपमा गलत काम भएको पाइएपछि मात्र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको बताए ।
एसपी लामाले अपराध नियन्त्रणमा सर्वसाधारण नागरिकको सूचना महत्वपूर्ण हुने भन्दै लामाले सुरक्षा चुनौतीलाई सामना गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले कानुनअनुरुप व्यवसाय गर्न होटल व्यवसायीलाई अनुरोध गरे । जिल्ला बार एसोसिएसन मकवानपुर अध्यक्ष अज्मीर केसीले होटल अनुगमनमा जा“दा होटल एसोसिएसन, बार र पत्रकार महासंघका प्रतिनिधिलाई स“गै लैजान प्रहरीलाई अनुरोध गरे ।

पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले होटलमा हुनसक्ने अपराधजन्य घटना रोक्न होटल व्यवसायी चनाखो हुनुपर्ने बताए । होटल एसोसिएसनका कानुनी सल्लाहकार ईश्वरराज ढकालले कोही महिलाले स्वेच्छाले यौन व्यवसाय गर्छिन् भने त्यसको दोष होटल व्यवसायीलाई दिन नहुने भनाइ राखे ।
होटल एसोसिएसन अध्यक्ष भगीरथ शर्माले होटल व्यवसायीले पनि आफ्नो व्यवसाय सञ्चालनका क्रममा धेरै विषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।
जबर्जस्ती यौन कार्य गर्न लगाएको भन्दै प्रहरीले दुई जना होटल व्यवसायीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित धादिङ होटल एण्ड लजबाट बुधबार एक युवतीलाई जबर्जस्ती यौनकार्य गर्न बाध्य बनाइएको अवस्थाबाट उद्दार गरेको जनाएको छ ।
मंगलबार मकवानपुरगढी गाउ“पालिकास्थित सामरी रिभर रेष्टुरेण्ट एण्ड लजबाट एक महिलालाई जबर्जस्ती यौनकार्य गराउन बाध्य बनाइएको अवस्थाबाट प्रहरीले उद्दार गरेको छ ।
होटल तथा लजका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले मानव बेचबिखन अन्तर्गत् मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा नगर क्षेत्रका होटलहरुमा हुनसक्ने अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

निगरानीकै क्रममा किशोरी तथा महिलालाई जबर्जस्ती यौन धन्दा गर्न बाध्य बनाएर होटल सञ्चालकले रकम असुली गर्ने गरेको विशेष सूचनाका आधारमा होटल तथा लजहरुबाट महिला तथा युवतीलाई उद्दार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्