धूलो व्यवस्थापनमा ध्यान देऊ



राजधानी काठमाडौं धूलो र धुवाँको कारण अस्तव्यस्त बनेको छ । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको खानेपानी पाइप विस्तारको काम आदिले राजधानीका अधिकांश सडक धुलाम्मे भएका छन् । सडक विस्तार गर्ने र पाइप बिच्छ्याउने कार्यको थालनी तीव्रगतिमा पनि निर्माण सम्पन्न गर्ने कार्यमा ढिलाइ हुँदा धूलोका कारण दिन(प्रतिदिन नागरिकको जनजीवन कष्टकर बनेको छ ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजधानीको विशेषता नै बन्न पुगेको छ । लाखौं नागरिकको दैनिक जनजीवनसँग सरकारले खेलबाड गर्दै आएको छ । राजधानीभित्र निर्माण हुने भौतिक पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वय नहुँदा सडक निर्माण नहुँदै भत्काउने परम्परा अहिले पनि कायमै रहेको छ । सडक निर्माणको क्रममा गर्नुपर्ने ढल निकास, खानेपानी पाइप विस्तारलगायतका काम एकसाथ गर्नुपर्ने हो । यसो गर्दा राज्यलाई पर्ने व्ययभार पनि कम पर्न जान्छ । तर एक(अर्कोमा समन्वय नहुँदा राजधानीको वातावरण धूलोमय बनेको छ । बिहान घरबाट निस्किएका जो(कोही सुकिलो अवस्थामा घर फर्कर्ने वातावरण छैन ।

कलंकी(नागढुंगा सडक, कलंकी(कोटेश्वर सडकसहित गौशाला, चावहिलसहित पूरै चक्रपथ र चक्रपथभित्रका अन्य सडकमा पनि सहजरुपमा ओहोरदोहोर गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । उपत्यकामा सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदूषणको मात्रा बढ्दै गएको छ । वातावरण विभाग, राष्ट्रिय योजना आयोग, सडक विभागलगायतका निकायले उपत्यकाका धुवाँ(धूलो प्रदूषित क्षेत्रको अनुगमन गरिरहेका छन् । तर पनि सडक विस्तारका कारण त्रिपुरेश्वर(कालिमाटी(कलंकी, कलंकी(नागढुंगा, कलंकी(बल्खु(सातदोबाटो(कोटेश्वर, जोरपाटी(साँखु सडकखण्ड अत्यधिक प्रदूषित हुने गरेको छ । चक्रपथभित्रका अधिकांश सडक र आसपासका क्षेत्र मेलम्ची खानेपानी आयोजनाको पाइप पुर्ने क्रममा धुलाम्य बनेका छन् ।

अदृश्यरुपमा फैलिने धूलो स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक मानिन्छ । अत्यधिकरुपमा फैलिएको मसिनो धूलोका कणले सीधै मानिसको फोक्सो र रक्तनलीलाई प्रभावित बनाउन सक्ने भएकाले सरकार नागरिकको स्वास्थ्यका लागि गम्भीर बन्नुपर्ने देखिन्छ । धूलोको मसिनो कणले सोझै मानिसको मुख, घाँटी, फोक्सो र रक्तनलीलाई समेत असर पु))याउने हुँदा यसको जोखिमलाई रोक्न सरकारले निर्माण भइरहेका सडकलाई समयमा नै सम्पन्न गर्न र धूलो व्यवस्थापनको लागि थप कदम चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्