डेढ वर्षदेखि बालिकाको खुट्टा बाँधिदै



सीताराम अधकारी,धादिङ

बाल मस्तिष्कले भुकम्पको बेलामा लागेको चोट विर्सन नसक्दा डेढवर्षदेखि बाँधिएर बस्नु परेको छ ।

उत्तरी धादिङको सल्यानटार गाविस वडा न.ं ७ बोक्सो गाउँकी ६ वर्षीया बन्दना कुमालको मानसिक अवस्था ठिक नभएको भन्दै परिवारले बाँधेर राखेका हुन् ।

०७२ बैशाख १२ को भुकम्पले विक्षिप्त अवस्थामापुगेकी बालिकाको मानिसक रुपमा विरामी परेको उनको हजुरआमा धनकुमारीको भनाइ छ ।

भुकम्पअघि उनि विद्यालय जाने र पढेको कुरा समेत घरमा समेत आएर भन्ने, गृहकार्यगर्ने गर्न थालेकी बालिको अवस्था अहिले नाजुक छ ।

एकोहोरो टोलाउने, आफ्नै सुरमा बोल्ने, भोक तिर्खा लागेको केही नभन्ने र जता जे पायो त्यहि खाने तथा घरबाट निसस्केपछि फर्केर समेत नआउने भएपछि बालिकाको सुरक्षाको लागि बाँधेर राखिएको उनिहरुले जानकारी दिए ।

बन्दनाको अवस्था निकै नै गम्भिर भएपछि उनिहरुले विभिन्न अस्पताल लगेर उपचार गराईसकेको र मन्दिरहरुमा समेत लगेर धेरै पुजाआजा गरिसकेको बताए । तर केही गर्दा पनि निको नभएपछि आफूहरु समस्यामा परेको बन्दनाको आमा कमलाले भावुक हुँदै भन्नुभयो ।

उपचारको क्रममा लागेको ऋण धेरै भएको र आफ्नो पारिवारिक स्थितिले नसक्ने अवस्था आएको परिवारको भनाइ छ । सल्यानटार गाविस वडा नं ७ बोक्सो गाउँकी ६ वर्षीया बालिका बन्दना कूमाललाई घरमै बाँधेर राखिएको छ । तस्वीर,सीताराम अधिकारी

प्रतिक्रिया दिनुहोस्