थाई बक्सिङ टोली बैंकक जाने



नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो थाई मार्सल आर्ट विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाल थाई बक्सिङ संघको टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदै छ। ४ पुरुष खेलाडीसहित टोली ६ सदस्यीय रहेको छ।

पुरुषको ५१ केजीमा निकेश तामाङ, ५४ केजीमा राजु राई, ५७ केजीमा सविन राई र ६३ केजीमा रमेश पाण्डेले प्रतिस्पर्धा गर्नेछन्। निकेश गत संस्करणका स्वर्ण विजेता हुन् भने बाँकी तीन खेलाडीको यो ‘डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
टोली नेतामा संघका अध्यक्ष नवराज भण्डारी तथा अफिसियलमा श्यामकृष्ण बस्नेत छन्। मार्च १२ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा करिब ५७ राष्ट्रको सहभागिता रहने अध्यक्ष भण्डारीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्